Monday, November 30

आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

October 19, 2020 62

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले यही वैशाख २१ गते आफ्नै काका नाता पर्ने ५५ वर्षिय टंक बहादुर तामाङको हत्या गरी फरार रहेका १ जनालाई पक्राउ गर्न सफल भएको छ । लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. २ सोतिपसल स्थित लुकिछिपि बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नं.५ बान्द्रे स्थायी वतन भई लमजुङको सोतीपसल बस्ने ४६ वर्षिय ईन्द्र बहादुर तामाङ रहेका छन् ।

पक्राउ परेका उनले जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका-०५ स्थायी वतन भई पोखरा महानगरपालिका वडा नं.२० स्थित मजुवा बिसौना बिजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणमा ज्याला मजदुरीको काम गर्दै आएका टंक बहादुर तामाङलाई संगै रक्सी र मासु खाई सामान्य विषयमा विवाद हुँदा हत्या गरी फरार रहेका थिए ।

यस सम्बन्धमा अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्