Wednesday, October 28

वीरगन्जबाट २३ किलो सुन बरामद

October 17, 2020 160

वीरगञ्ज । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ ।

अपार्टमेन्टका सुरक्षागार्डका अनुसार उक्त नम्बरको फ्ल्याट भारतीय नागरिक अशोक सिन्हाको हो । उनी भारत पूर्वी चम्पारण हरैयाका बासिन्दा हुन् । सिन्हा रक्सौल कस्टमका क्लियरिङको काम गर्छन् । सिन्हाका भाई प्रमोद कुमार सिन्हा बिहार विधानसभा निर्वाचनमा रक्सौल विधानसभा १० का भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार हुन् । विधानसभा निर्वाचन अन्तर्गत तेस्रो चरणमा नोभेम्बर ७ मा त्यस क्षेत्रमा निर्वाचन हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्