Wednesday, October 21

‘बलात्कारी संगठन’ नामक फेसबुक पेज चलाउने युवक पक्राउ

October 17, 2020 90

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी समूह (रेपर एसोशिएसन) बनाउने १९ वर्षिय एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक पेज र समूह बनाउने नवीन बस्नेतलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा बनाइएको बलात्कारी संगठन नामक फेसबुक पेज र समूहबाट बलत्कारजस्तो जघन्य अपरा गर्न दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचार विरुद्धको सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउनेलगायतका गतिविधि हुने गरेका थिए ।

प्यूठानको झिम्रुक गाउँपालिका–७ का स्थायी बासिन्दा बस्नेत पछिल्लो समय नवलपरासीको कावासोती नगरपालिकामा बस्दै आएका थिए । उनीविरुद्ध काठमाडौंमा प्रकाउ पूर्जी जारी भएको थियो । बस्नेतलाई पक्राउ गर्नका लागि नवलपरासी र बर्दघाट सुस्ता पूर्वका प्रहरीले सहयोग गरेका थिए ।

प्रतिकृया दिनुहोस्