Saturday, October 24

पाकिस्तानका मन्त्रीले लेखे- ‘नेपालका साहसी जनप्रतिनिधिलाई बधाइ !’

June 14, 2020 187

काठमाडौं। नेपालले आफ्नो शंशोधित नक्सालाई अनुमोदन गर्ने गरी संविधान संशोधन विधेयक पारित गरेपछि यस विषयमा विभिन्न प्रतिक्रियाहरु आइ रहेका छन् । भारतीय मिडिया र सत्तापक्षका नेताहरुले यसलाई नेपालको दुस्साहसको रुपमा चित्रण गरेका छन् । उनीहरुले नेपाललाई गलत गरेको भन्दै सच्चिन भनिरहेका छन् भने प्रतिपक्ष कांग्रेसका नेताहरुले भने मोदी सरकारले ७० वर्षदेखि कांग्रेसले राखेको नेपाल–भारत सुमधुर सम्बन्ध बिगारेको आरोप लगाइरहेका छन् ।

यही बीचमा पा’किस्तानका एक मन्त्रीले नेपाललाई बधाइ दिएका छन्। पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुनेन चौधरीले अल जजीराको एक समाचार ट्वीटगर्दै नेपाललाई बधाइ दिएका हुन्। उनले लेखेका छन् ‘नेपालका ाहसी जनताका प्रतिनिधिहरुलाई बधाइ । तपाइँहरुले नक्सा संशोधन गर्नुभएको छैन, तपाइँहरुले क’थित ठूला देशहरुले गरेको आ’क्र’मण र बदमासी वि’रुद्ध सम्मानजनक राष्ट्रले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखाउनु भएको छ ।’

प्रतिकृया दिनुहोस्