Saturday, October 24

काँग्रेसले दशैँलगत्तै सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने

October 16, 2020 27

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै दशैं लगत्तै आन्दोलन गर्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैं लगत्तै विरोधका औपचारीक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् ।

काँग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैं लगत्तै संसदभित्र र बाहिर देशैभर आन्दोलनको आधीँबेहरी सिर्जना गर्ने बताएका हुन् ।

कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको भन्दै देउवाले सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको आरोप लगाए । औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको बताए ।

नेपाली काँग्रेसका सहमहामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक प्रकाशसरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशिल नभएको बताए ।

उनले सरकारलाई जिम्मेवार बनेर काम गर्न समेत माग गरे । कोभिड १९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्दार र राहतको सुमचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन समेत माग गरे ।

प्रतिकृया दिनुहोस्