October 16, 2020 46
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट काठमाडौं उपत्यकामा २४ सय २ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा १७ सय ८४ , ललितपुरमा २४४ र भक्तपुरमा ३७४ गरी २४ सय २ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ३९२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
प्रतिकृया दिनुहोस्