Friday, April 23

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

October 15, 2020 125

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।

बुधबार सामान्य टाउको दुखेपछि अध्यक्ष थापाले स्वास्थ्य परीक्षण गराएका थिए । पीसीआर परीक्षण गर्दा बिहीबार कोभिड-१९ पोजिटिभ देखिएको थियो ।

प्रतिकृया दिनुहोस्