Thursday, October 22

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

October 15, 2020 28

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । विहिवार राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्रीमा विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ श्रेष्ठलाई सिफारिस गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो । नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गरेका छन् ।

प्रतिकृया दिनुहोस्