Thursday, October 22

थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १९ सय ३५ संक्रमित

October 15, 2020 41

काठमाडौँ  । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २१ हजार ७४५ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ५३३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३ हजार ५६४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८४ हजार ५१८ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १२ लाख ३७ हजार ६३६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १६ हजार ५९८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८२५ जना रहेका छन् ।

त्यसैगरी  उपत्यकामा थप १९ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १६ सय ९३, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी १९ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्