Wednesday, October 28

स्पेनको अपराजित यात्रामा पूर्णविराम

October 14, 2020 44

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । तीन खेलसम्म अपराजित रहेको स्पेन चौथो खेलमा १–० ले पराजित भयो ।

स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो जितसँगै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो ।

किभमा २० हजार समर्थकमाझ मंगलबार राति खेलिएको खेलमा स्पेनले घरेलु टोलीलाई दवावमा राखे पनि रक्षापङ्ति तोडन सकेन । युक्रेनसँग हारे पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ । स्पेनको ४ खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक रहेको छ ।

समान खेलबाटै जर्मनी र युक्रेनको समान ६ अंक छ । गोल अन्तरका आधारमा जर्मनी दोस्रो तथा युक्रेन तेस्रो स्थानमा रहेको छ । स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ ।

प्रतिकृया दिनुहोस्