Wednesday, October 28

नेयमार बने ब्राजिलका लागि पेले पछिको अन्तर्राष्ट्रिय सर्वाधिक गोलकर्ता

October 14, 2020 99

एजेन्सी ।  विश्व चर्चित फुटबलर नेयमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको दोस्रो स्थानमा उक्लिएका छन् । मंगलबार राति भएको २०२२ विश्वकप छनोट अन्तरगत पेरु विरुद्धको खेलमा ह्याट्रिक गरेका नेयमार दोस्रो स्थानमा उक्लिएका हुन् ।

ब्राजिलले पेरुलाई ४–२ गोलले हराएको खेलमा पेरिससेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले ह्याट्रिक पुरा गर्दै अन्तर्राष्ट्रिय गोल संख्या ६४ पुर्याएका हुन् । यसअघि उनीभन्दा माथि रहेका रोनाल्डिन्होलाई पछि पार्दै माथि उक्लिएका हुन् ।

ब्राजिलका लेजेन्ड पेलेले आफ्नो करियरमा खेलेका ९२ खेलमा देशका लागि ७७ गोल गरेका थिए । तर, २८ वर्षिय नेयमारले १ सय ४ खेल खेल्दै गोल संख्या ६४ पुर्याएका छन् ।

सक्रिय खेलाडीका रुपमा सबैभन्दा बढी गोल गर्नेमा पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो छन् । उनले १०१ गोल गरेका छन् ।

प्रतिकृया दिनुहोस्