October 14, 2020 71
एजेन्सी । पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ। जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोमा कुनै लक्षण देखिएको जनाइएको छ । हाल उनी आइसोलेसनमा छन् ।
संक्रमित भएसँगै नेसन्स लिग प्रतियोगिता अन्तर्गत स्वीडेनविरुद्धको खेलमा उनी आफ्नो राष्ट्रको टोलीबाट नउत्रिने जनाइएको छ । पोर्चुगलको फुटबल महासङ्घका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडी सदस्यहरूको परीक्षण भने नेगेटिभ देखिएको छ।
यसअघि सो प्रतियोगिता अन्तर्गत नै आइतवार भएको खेलमा पोर्चुगल र फ्रान्सबीच बराबरी भएको थियो।
प्रतिकृया दिनुहोस्