September 13, 2020 164
काठमाडौं, भदौ २७
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३१ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ३ सय ७७ जना, ललितपुरका ३७ जना र भक्तपुरका १७ जना छन्।
यो तथ्याङ्कसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ५३,१२० र निको हुनेको सङ्ख्या ३७,५२४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
त्यसैगरी विगत चौबीस घण्टामा १४ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
कोभिड १९ का कारण हालसम्म नेपालमा ३३६ जनाको ज्यान गइसकेको छ
प्रतिकृया दिनुहोस्