Monday, November 30

रौतहटमा गोली हानी पुजारीको हत्या

August 20, 2020 146


४ भाद्र २०७७, बिहीबार

 

रौतहटमा रौतहट — रौतहटमा बुधबार बेलुकी एक जनाको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका–२ खेसरैया बजारस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या भएको हो । एक पुजारीको गोली हानेर हत्या गरिएको छ । बुधबार साँझ ९ बजे पुजारी साह मन्दिर अगाडि खाना खाने तयारी गरिरहेको अवस्थामा अज्ञात समूहका व्यक्तिहरुले कन्चटमा गोली हानेका थिए ।

पुजारी साहको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । हनुमान मन्दिर गाउँभन्दा टाढा एकान्तमा रहेकाले घटनाको पूर्ण विवरण आउन नसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । घटनालगतै जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्का, डिएसपी ज्ञानकुमार महतो समेतको टोली घटनास्थलतर्फ गएका छन् ।

माधवनारायण २ खेसरहियाको चारै नाका र भारतीय सिमानामा समेत सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको प्रहरीले जनाएको छ । घटनाको कारण हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पुजारी साहको शव परीक्षणकाका लागि राति नै जिल्ला अस्पताल गौर ल्याइएको छ । सो क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्