Monday, April 19

जब औषधी बोकेर कोरोना संक्रमितलाई घर घरमा नै भेट्न पुगे मेयर

August 20, 2020 181

कोरोना संक्रमितहरुलाई धेरै ठाउँमा हेलाको नजरले हेरेका समाचारहरु आइरहेका बेला बुटवलमा भने मेयरसहितको टोली संक्रमितको घर दैलोमा पुगेर हौसला बढाउने काम गरेको छ ।

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले बेवास्ता गरेको गुनासो बढेका बेला बुटवल उपमहानगर मेयर शिवराज सुवेदीलगायतको टोली होम आइसोलेसनमा बसेका बिरामीहरुलाई भेट्नका लागि घर दैलोमा नै पुगेर उदाहरणीय काम गरेका छन् ।

बुटवलमा अहिलेसम्म १२७ जनामा संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा राखिएका संक्रमित र तिनका परिवारलाई भेट्न गएका बुटवल उपमहानगरपालिकाका मेयर सुवेदी सहित प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले साथमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर गएका थिए ।

मेयर सहितको टोलीले बुटबलका विभिन्न २६ स्थानमा रहेका होम आइसोलेनका संक्रमितलाई बुधबार मात्रै भेटेर हौसला बढाउने काम गरेको थियो ।

प्रतिकृया दिनुहोस्