Sunday, October 25

राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । राष्ट्रकवि भन्थे : गौरी बितेपछि मलाई पनि मृत्युदेखि डर लागेन

August 18, 2020 116

मङ्गलबार २ भदौ, २०७७

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनका छोरा राजीव घिमिरेका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।
१ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।
घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ। अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि उनले जानकारी दिए। घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गर्नुभएको थियो ।
उहाँले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’ जस्ता गीत पनि रनाम गर्नुभएको थियो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो । घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उनले ‘गौरी’ शोककाव्य लेखेका थिए । उनको यो शोककाव्य लोकप्रिय कृतिमा पर्छ ।

सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार सेनाले सम्मान गारत दिने जानकारी दिए। उनका अनुसार मानार्थ सहायकरथीलाई ११\११ जनाको टुकुडीले सम्मान गर्ने चलन छ।

‘गृह मन्त्रालयबाट थप केही आयो र उहाँलाई अरू सम्मान पनि दिने निर्णय भयो भने त्यही हिसाबको हुन्छ। नत्र नेपाली सेनाले मानार्थ सहायकरथीलाई दिनुपर्ने सम्मानका लागि हामी तयार छौं,’ उनले भने। शवको अन्त्येष्टि बुधबार बिहान मात्र हुन सक्ने उनले बताए।
नेपाली साहित्यमा उहाँका योगदान, सिर्जना र अनुभवलाई हामी सधैं सम्झिरहनेछौँ । हार्दिक श्रद्धाञ्जली

प्रतिकृया दिनुहोस्